काठमाडौँ- थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा सातदोबाटो यूथ क्लबविरुद्ध सहज जित निकालेको छ।

एन्फा कमप्लेक्समा आज भएको पहिलो खेलमा थ्रीस्टारले सातदोबाटोलाई ३-० गोलले पराजित गरेको हो।

थ्री स्टारका लागि खेलको आठौँ मिनेटमा सनिल स्याङत्याङले पहिलो गोल गरे।  त्यस्ति रोमन श्र्ष्टले खेलको १३औ मिनेटमा आफ्नो टोलिका लागी दोस्रो गोल गरे। चित्र बहादुर केसीले ५७औ मिनेटमा टोलिका लागि तेस्रो गोल गरे।

जीतसंगै थ्री स्टार ६ खेलमा १० अंक जोड्दै छैटौ स्थानमा उक्लिएको छ। पराजित सातदोबाटोको समान खेलमा ४ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *