काठमाडौ- लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले एरिका गुरुङ र विनोद दासलाई सम्मान गरेको छ।
लायन्सद्वारा आयोजित चौथो वर्षको अवार्डमा खेलकुदबाट एसियाली खेलकुदमा नेपाललाई रजत पदक जिताएकी एरिका गुरुङ र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई सम्मान गरेको हो।
सिल्क ग्रुपअन्तर्गत सिल्क ट्रान्सपोर्टले प्रायोजन गरेको निउ स्पोर्ट्स इलेक्ट्रिक स्कुटर एरिकालाई प्रदान गरिएको थियो ।

