काठमाडौँ-  कप्तान सुवास बमले ह्याट्रिकसहित चार गोल गरेको खेलमा पुलिसले एपिएफविरुद्ध शानदार जीत निकालेको छ।

एन्फा कमप्लेक्समा भएको विभागिय डर्बिमा पुलिस ६-० गोलको फराकिलो अन्तरले विजयी बन्यो।

पुलिसको जितमा कप्तान सुवास नायक बने। खेलको ७४औ मिनेटमा पहिलो गोल गरेका उनले ७६औ र ८७औ मिनेटमा तीन गोल गर्दै १३ मिनेटकै छोटो समयमा लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरे। त्यस्तै इन्जुरि समयमा १ गोल थप्दै चार गोल पुरा गरे।

यो संगै ७ खेलमा १० गोल गर्दै सुवास गोल्डेन बुटको रेसमा एक्लै अगाडी बढेका छन्।

पहिलो हाफ गोलरहित बराबरिमा सकिएको खेलको दोस्रो हाफको दोस्रो मिनेटमै लक्ष्मन थामीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट बित्न नपाउदै लक्ष्मनले दोस्रो गोल थपे।

यो जितसंगै पुलिसले शिर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता बनाएको छ। पुलिसको ७ खेलमा १९ अंक पुगेको छ।

दोस्रो स्थानमा रहेको एनआरटीको समान खेलबाट १६ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile