काठमाडौँ- ललित मेमोरियल एन्फा यू-१८ लिगमा आज भएको पहिलो खेलमा संकटा फुटबल क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा संकटा २-० गोलले विजयी भएको हो।

संकटाका लागि सबिन मगर र दिवस राईले गोल गरे।

यो जितसंगै संकटा सात खेलमा ९ अंकसहित छैटौ स्थानमा उक्लिएको छ।

पराजित जावलाखेलको पाँच अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *