काठमाडौ- पेरिस ओलम्पिक २०२४ को नवौ दिनको खेल सकिदा अमेरिका शिर्ष स्थानमा उक्लिएको छ।
चीनलाई पछि पारेर अमेरिका शिर्ष स्थानमा आएको हो।
अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्य जितेको छ।
चीन १९ स्वर्ण, १५ रजत र ११ कांस्यसहित दोस्रो स्थानमा छ ।
यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य छ । त्यसपछि अस्ट्रेलिया, बेलायत र दक्षिण कोरिया रहेका छन् ।
सन् २०२० ओलम्पिकमा अमेरिका नै शिर्ष स्थानमा रहेको थियो।