काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान) संग भेटबार्ता गर्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँ प्रधानमन्त्री ओलीले भेटेका थिए।

संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गरेका हुन् ।

यसअघिनै ओलिको मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई ३०० दिनमा अन्तर्राष्ट्रितनस्तरको सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरिसकेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *