काठमाडौ- काभा वुमन्स नेसन्स भलिबल लिगको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।
माल्दिभ्स यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ः १५ बजेबाट शुरु हुनेछ ।
आयोजक नेपालसहित भारत, इरान र श्रीलंका प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्। आजका खेलले सेमिफाइनलको समीकरण तय मात्र गर्नेछ ।
नेपालले तीन खेलमा ६ अंक जोडेको छ । उता इरानले ७ अंक रहेको छ। भारतको पनि समान ७ अंक नै रहेको छ।

