काठमाडौँ- दोस्रो ओडीआई खेलमा श्रीलंकासंग भारत पराजित भएको छ।

श्रीलंका भ्रमणमा रहेको भारत आईतबार भएको खेलमा ३२ रनले पराजित भएको हो।

श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनायो ।

भारतका लागि कप्तान सर्वाधिक ६४ रन बनाए । अक्षर पटेलले ४४, शुभमन गिलले ३५ र वासिङ्टन सुन्दरले १५ रन बनाए ।

श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर सर्वाधित ६ विकेट लिए । त्यस्तै कप्तान चरिथ असलंकाले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४० रन बनाएको थियो ।

श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे । दुनिथ विलालागेले ३९ र कुशल मेन्डिसले ३० रन बनाए।

भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १-१ विकेट लिए ।

यि दुईबिचको पहिलो खेल टाई भएको थियो। यो नतिजासंगै श्रीलंकाले सिरिजमा १-० को अग्रता लिएको छ।

तेस्रो तथा अन्तिम ओडिआई खेल बुधबार हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile