काठमाडौ- ग्लोबल टि-२० क्यानडामा लिगमा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स पराजित भएको छ ।

भेनकुवर टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो ।

टोरोन्टोले दिएको १२८ रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.५ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनायो ।

भेनकुवरका लागि रिचि बेरिङ्टनले सर्वाधिक ५२ रन बनाए । रिजा हेनरिक्सले १७, दीपेन्द्र सिंह ऐरीले १३ र कप्तान उस्मान ख्वाजाले १० रन जोडे ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ३, मोहम्मद नवाजले २ तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले समान १-१ विकेट लिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *