काठमाडौ- नेपालले आफ्नो चिर प्रतिद्वन्धी भारतलाई पहिलो पटक पराजित गर्दै इतिहास रचेको छ।

काभा वुमन्स महिला च्याम्पियन्सिपमा आज भएको समूह चरणको खेलमा नेपालले भरतलाई अन्तिम सेटमा १५-१३ ले पराजित गर्दै इतिहास रचेको हो।

नेपालले आफ्नो इतिहासमै अहिलेसम्म भारतलाई हराउन सकेको थिएन्।

त्रीपुरेश्वरस्थित राखेपको कभर्ड हलमा नेपाल ३-२ को सेटमा विजयी बन्यो।

पहिलो सेट नेपालले २५ः१८ ले जितेको थियो।

त्यसपछिको दोस्रो सेट भने नेपालले १२ः२५ ले गुमाएको थियो।

दोस्रो सेटमा नेपालले रातो कार्ड व्यहोर्न पुगेपछि भारतले २३ अंकको अवस्थाबाट नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

त्यसपछि तेस्रो सेट नेपालले राम्रो पुनरागमन गर्दै भारतलाई १७ मा रोक्न सफल भएको थियो।

चौथो सेटमा भने भारतविरुद्ध नेपालले बलियो दाबेदारि दिन सकेन र १८ः१५ ले खेल गुमाएको थियो।

पाचौ सेटमा उत्क्रिष्ट प्रदर्शन गरेको नेपालले ८-५ को पहिलो कोर्ट चेन्ज गरेको थियो। त्यसपछि लगातार दबाब बनाउदै भारतविरुद्धको खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile