काठमाडौ- फ्रान्सको पेरिसमा भइरहेको ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ।
राति भएका क्वाटरफाइनलका खेलहरुमा दुई अफ्रिकन टोलि र दुई युरोपियन टोलिले आ-आफ्नो खेल जित्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन्।
फ्रान्सले अर्जेन्टिनालाई १-० गोलले पराजित गर्यो। स्पेनले जापानलाई ३-० गोलले पराजित गर्यो। मोरक्कोले अमेरिकालाई ४-० गोलले हराउदा इजिप्टले पाराग्वेलाई पेनाल्टीमा पराजित गर्यो।
यो संगै सेमिफाइनलमा स्पेनले मोरक्कोसंग प्रतिसपर्धा गर्नेछ। यो खेल अगष्ट ५ मा हुनेछ। त्यस्तै फ्रान्सले इजिप्टसंग खेल्नेछ। यो खेल अगष्ट ६ मा हुनेछ।

