काठमाडौ- काभा महिला भलिबल नेसन्स लिगमा आज नेपालले आफ्नो चिर प्रतिद्वन्धी टोलि भारतसंग खेल्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा यो हेविवेट खेल दिउँसो ३ बजे सुरू हुनेछ ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। पहिलो तथा उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

भारतले लगातार २ खेल जितेर ६ अंक जोडिसकेको छ। उसले इरान र माल्दिभ्सलाई पराजित गरेको थियो।

कभर्ड हलमा आजको खेल हेर्न घरेलु समर्थकले पूर्ण रुपमा भरिने अनुमान गरिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *