काठमाडौ- डुरान कपको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब पराजित भएको छ।

भारतको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा सिलोङ लाजोङ एफसीसँग आर्मी १-० गोलले पराजित भएको हो।

सिलोङका लागि वादाजीद किन्साइ रिङ्ख्लेमले गोल गरे।

समूह एफ मा रहेको आर्मी यो नतिजासंगै अंकविहिन रहदा सिलोंगले ३ अंक जोडेको छ।

आर्मीले दोस्रो खेलमा अर्को बिहीवार एफसी गोवासँग खेल्नेछ । आर्मीले समूह चरणको अन्तिम खेल साउन २९ गते आइएसएल टोली हैदरावादसँग खेल्नेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *