काठमाडौ- कप्तान सुवास बमले दोस्रो हाफको इन्जुरि समयमा गोल गरेपछि नेपाल पुलिस क्लब शिर्ष स्थानमा उक्लिएको छ।
ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा आज भएको पहिलो खेलमा पुलिसले एफसि खुमलटारलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
पुलिसका लागि गणेश मगर र सुवास बमले १-१ गोल गरे।
खुमलटनरका लागि छिरिङले १ गोल गरेका थिए।
यो जितसंगै पुलिस ६ खेलमा १६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको मनाङको १५ अंक रहेको छ।
पराजित खुमलटार ३ अंकमा सिमित रहेको छ।

