श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले काभा वुमन्स लिगमा सुखद सुरुवात गरेको छ।
श्त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा श्रीलंकालाई नेपालले २५-१९, २५- १८ र २५-१९ को सोझो सेटमा पराजित गरेको हो ।

यो जितसँगै नेपालले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपालले दोस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ ।
प्रतियोगितामा नेपालसंगै भारत, श्रीलंका, माल्दिभ्स र इरान गरि पाँच टोलीले काभामा प्रतिस्पर्धा गर्दैछन् । इरान भने पहिलोपटक नेपालमा आएर खेल्न आएको हो ।
सिंगल राउण्ड रोविन लिगमा आधारमा हुने खेलमा लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ।

