काठमाडौ- एपिएफ क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब ललित मेमोरियल एन्फा यू-१८ लिगको शिर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा मनाङ २-१ गोलअन्तरले विजयी भएको हो।

मनाङका लागि दर्शन अधिकारिले १ गोल गर्दा एक गोल आत्माघाति उपहार पाएको थियो।

एपिएफका लागि सुदिप सुनारले १ गोल गरे।

यो जितसंगै मनाङको १५ अंक पुगेको छ। पराजित भएको एपिएफको मात्र ७ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *