काठमाडौँ —नेपाल तेक्वान्दो संघले ‘चौथो माउन्ट एभरेस्ट इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीप’ आयोजना गर्ने भएको छ ।
यस प्रतियोगिता कात्तिक २३ देखि २८ गतेसम्म चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप आयोजना गर्ने जानकारी दिएको हो ।
प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने आयोजकले जनाएको छ ।
यसमा दक्षिण एसियाली मुलुक लगायत करिब २५ राष्ट्रका दुई हजार बढी खेलाडीको उपस्थिति रहनेछ ।
प्रतियोगिताको बजेट ३ करोड रुपैयाँ अनुमान गरिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस प्रतियोगिताका लागि संघका अध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।