काठमाडौँ —छैटौ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भएर स्वदेश फर्किएको छ।

दोस्रो भएर स्वदेश खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

परिषद्का निमित्त सदस्यसचिव अञ्जन धमलाले खेलाडीलाई बधाई दिए । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ सदस्यीय जुनियर उसु टोली सिंगापुर गएको थियो ।

विभिन्न विधामा अलिस मारिकले ३ र हिमांशु खड्काले २ स्वर्ण जिते भने सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १–१ स्वर्ण पदक जितेका थिए ।

बबिता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले १–१ स्वर्ण प्राप्त गरे।

सफल पाठक, समिर बस्नेत, रिदम गोलेले १–१ रजत पदक जिते । सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २–२ तथा यान्चेन्ला इलावा र समूह इभेन्टमा १–१ रजत जितेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *