काठमाडौ- त्रीभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै संकटा क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा पहिलो जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा संकटाले आर्मीलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

संकटाका लागि दिलेन लामा र समिन अर्जेलले गोल गरे। आर्मीका लागि रोहित श्रेष्टले सान्तवना गोल फर्काए।

यो जित संगै संकटाले ६ खेलबाट ६ अंक जोडेको छ।

पराजित आर्मी समान खेलमा ४ अंकमा सिमित रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *