प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

बार्साले सिटीलाई पेनाल्टीमा पराजित गरेको हो।

अमेरिकामा भएको खेलमा निर्धारित समय दुवै टोलिले २-२ गोलको बराबरि खेलेका थिए।

बार्साका लागि पाउ भिक्टोर र पाब्लो टोरेले १-१ गोल गर्दा सिटीका लागि निको ओरेली र ज्याक ग्रिलिसले १-१ गोल गरे।

पेनाल्टीमा बार्साका गोलकिपर एन्डर एस्टलार्जाले सिटीको ३ पेनाल्टी बचाउ गरेपछि बार्सा ४-१ गोलले विजयी बन्यो।

नयॅा सिजनको सुरुवातका लागि दुवै टोलिले अमेरिकामा मैत्रीपुर्ण खेलहरु खेलिरहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *