काठमाडौ- सातदोबाटो युथ क्लबविरुद्ध शानदार जित निकाल्दै नेपाल पुलिस क्लब ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगको शिर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको पाँचौ चरणको अन्तिम खेलमा पुलिसले सातदोबाटोलाई ६-१ गोलअन्तरले पराजित गरेको हो।

पुलिसका लागि खेलको २८औ मिनेटमा सजन राज गौतमले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए। त्यस्तै विक्रम गौतमले खेलको ३६औ मिनेटमा र दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गरे। साथै कप्तान सुवास बमले दोस्रो हाफमा दुई गोल गरे। त्यस्तै गणेश मगरले १ गोल थपे।

सातदोबाटोका लागि निश्पक्ष बरालले सान्तवना १ गोल गरे।

यो जितसंगै पुलिसले पाँच खेलबाट १३ अंक जोड्दै शिर्ष स्थानमा पुगेको छ।

 उता पराजित सातदोबाटो ४ अंकमा सिमित रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *