काठमाडौ- कप्तान विवस मगरको शानदार ह्याट्रिकमा जावलाखेल युथ क्लबले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
एन्फा कमप्लेक्समा आज भएको पहिलो खेलमा जावलाखेलले चर्च बोइजविरुद्ध ४-२ सहज जित निकालेको हो।
जावलाखेलका लागि विवसले खेलको २५औ, ७०औ र दोस्रो हाफको इन्जुरि समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
जारि लिगको यो दोस्रो ह्याट्रिक रहेको छ। यसअघि नेपाल पुलिसका विक्रम गौतमले थ्री स्टारविरुद्ध ह्याट्रिक सहित चार गोल गरेका थिए।
त्यस्तै प्रशान्त तामाङले खेलको ३०औ मिनेटमा जावालाखेलका लागि गोल गरेका थिए।
चर्चका लागि अमन बहादुर तामाङले ३५औ मिनेटमा र पासाङ तामाङले दोस्रो हाफको इन्जुरि समयमा सान्तवना गोल गरे।
यो जितसंगै जावलाखेलले पाँच खेलबाट ५ अंक जोडेको छ।
पराजित भएको चर्च ७ अंकमा कायम रहेको छ।

