काठमाडौँ – पेरिस ओलम्पिकमा सोमबार भएको खेलमा नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकि छिन्।
पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको जुडो प्रतिस्पर्धाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा मनिताले सर्बियाली खेलाडी मरिका पेरिसिकसँग १०–० ले पराजित भइन् ।
१:०२ मिनेट टिकेकी मनिताले इप्पोन (सुमी–गेसी)का आधारमा खेल गुमाइन् ।
यो पराजयसंगै उनको ओलम्पिकको यात्रा पनि सकिएको छ। मनितासँगै पेरिस ओलम्पिकबाट स्यान्टु, पौडीकी डुवाना लामा र सुटिङकी सुस्मिता नेपालले यात्रा टुंग्याइसकेका छन् ।
मनिताले उद्घाटनमा टेबलटेनिसका स्यान्टु श्रेष्ठसँगै नेपालको झन्डा बोकेकी थिइन् । ‘कन्टिनेन्टल कोटा’बाट ओलम्पिकमा स्थान बनाएकी थिइन्।