काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा आज भएको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले विभनगिय टोलि एपिएफ क्लबलाई पराजित गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्र २-१ गोलले विजयी भएको हो।
मछिन्द्रका लागि प्रसुन तामाङ र भुपेन्द्र धरलाले गोल गरेका थिए। उता एपिएफका लागि विकास तिथुङले पेनाल्टीमार्फत एक गोल फर्काए।
यो जितसंगै मछिन्द्रले पाँचखेलबाट ११ अंक बटुलेको छ। पराजित एपिएफ ७ अंकमा सिमित रहेको छ।
एपिएफले यसअघि सातदोबाटो र खुमलटारलाई पराजित गर्दा एनआरटिसंग पराजित भएको थियो। यस्तै जावलाखेलसंग बराबरि खेलेको थियो। उता मछिन्द्रले खुमलटार र आर्मीलाई पराजित गर्दा जावलाखेल र सातदोबाटोसंग बराबरि खेलेको थियो।

