काठमाडौ- जावलाखेल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मनाङ मर्स्याङदि क्लब ललित मेमोरियल एन्फा यू-१८ युथ लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको आजको दोस्रो खेलमा मनाङले जावलाखेललाई १-० गोअन्तरले पराजित गरेको हो।

मनाङका लागी सुजन डंगोलले खेलको ४८औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यो जितसंगै मनाङ शतप्रतिशत नतिजाका साथ तीन खेलमा ९ अंक बटुल्दै शिर्ष स्थानमा उक्लिएको छ।

पराजित भएको जावलाखेलको भने समान खेलमा २ मात्र अंक रहेको छ।

यसअघि जावलाखेलले मछिन्द्र र एपिएफ क्लबसंग बराबरि खेलेको थियो।

त्यस्तै मनाङले भने त्रीभुवन आर्मी क्लब र संकटा क्लबलाई पराजित गरेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *