काठमाडौ- विभागिय डर्बिमा लिग लिडर नेपाल पुलिस क्लब जितविहिन रहेको त्रीभुवन आर्मी क्लबसंग बराबरिमा रोकिएको छ।
ललित मेमोरियल एन्फा यू-१८ युथ लिग फुटबलमा सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको आजको पहिलो खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका हुन्।
यो नतिजासंगै पुलिसको तीन खेलबाट ७ अंक जोड्दा आर्मीले लिगमा पहिलो अंक बटुलेको छ।
पुलिसले यसअघि थ्रीस्टार क्लब र संकटा क्लबलाई पराजित गरेको थियो।
त्यस्तै आर्मी भने मछिन्द्र फुटबल क्लबसंग र मनाङ मर्स्याङदिसंग पराजित भएको थियो।

