काठमाडौ- माल्दिभ्समा जारी काभा यु २० महिला भलिबलमा नेपालको यात्रा सेमिफाइनलमा रोकिएको छ।
बलियो टोलि किर्गिजस्तानसँग नेपाल ३-० को सोझो सेटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो।
किर्गिजस्तानसंग नेपाल २५-१४,२५-२२,२५-१३ को सेटमा पराजित भएको हो।
नेपालले तेस्रो स्थानका लागि माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स श्रीलंकासंग सेमिफाइनलमा ३-० को सेटमा पराजित भएको थियो।
समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

