काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा सोमबार भएको अन्तिम खेलमा चर्च बोइज र संकटा क्लबले बराबरि खेल्दै अंक बाढेको छ।
सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्। संकटाका लागि दिवस राईले गोल गर्दा चर्चका लागि पासांग लामाले गोल गरे।
यो बराबरिसंगै चर्चले ३ खेलमा ४ अंक जोड्दा संकटाले समान खेलमा पहिलो १ अंक जोड्न सफल भएको हो।