काठमाडौँ- पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको नेपाल एसिसी महिला ट्वान्टी-२० एसिया कपको आफ्नो दोस्रो खेलमा बलियो टोलि पाकिस्तानसँग पराजित भएको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ख्लमा नेपालले दिएको १०९ रनको सामान्य लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि ओपनर गुल फेरोजाले सर्वाधिक ५७ रन बनाइन् । यस्तै मुनिबा अली ४६ रनमा अविजित रहिन् ।
नेपालका लागि कविता जोशीले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन जोडेको थियो ।
नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाइन । त्यस्तै पूजा महतोले ३२ बलमा ३ चौका नै प्रहार गर्दै २५ रन बनाइन् ।
यो नतिजासँगै समूह ‘ए’ मा रहेको दुवै टोलीको दुई खेलबाट समान २ अंक रहेको छ।