काठमाडौ- तालिकाको पुच्छारमा रहेको थ्रीस्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
थ्रीस्टारले आईतबार भएको दोस्रो खेलमा न्यु रोड टिम एनआरटि विरुद्ध ३-० गोलको सहज जित हात पारेको हो।
थ्रीस्टारका लागि रोमन श्रेष्टले दुई गोल गर्दा सुगम भुलुनले १ गोल गरे।
सुरुवाति लगातार दुई खेलमा पराजय व्यहोरेको थ्रीस्टार यो जितसंगै तीन खेलबाट ३ अंक जोडेको छ।
उता लगातार दुई खेल जितेको एनआरटिको यो नतिजापछि ६ अंकमा कायम रहेको छ।