काठमाडौं। स्लोभाकियाविरुद्ध जित हासिल गर्दै इङ्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्ज्युरी समयको पाँचौं मिनेटमा बेलिङ्घमले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो।
अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान केनले गोल गर्दै २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल हुन सकेन।