काठमाडौं – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्यासको घोषणा गरेका छन् ।

विराट कोहलीले सन्यास लिएको केही समयपछि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका हुन्। सन्यासको घोषण गर्दै रोहितले यो भन्दा राम्रो समय हुनै नसक्ने बताए।

रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर पनि हुन।उनको कप्तानीमा भारतले ६२ टी२० आई खेलमा ४९ मा जित र १२ खेलमा हार ब्यहोरेको थियो । 

शनिबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ बर्षपछि भारतले दोस्रो पटक उपाधी जितेको हो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile