काठमाडौं – टस जितेर पहिला ब्याटिङ थालेको भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ ।
१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो।
दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए भने भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए।



