काठमाडौँ – चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण, रजत र कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रतियोगिता नेपाल तेक्वान्दो संघको आयोजनामा सञ्चालन भइरहेको छ।
जुनियर तथा क्याडेट पुरुष ४५ केजीमुनि तौल समूहमा केनिश खड्काले फाइनलमा नेपालकै आवश्यक विष्टलाई पराजित गर्दै स्वर्ण पदक जिते। सोही समूहमा सुसन थापा र आदित्य खड्काले कांस्य पदक हात पारे।
पुरुष ३७ केजीमुनि तौल समूहमा प्रजोल पौडेलले विवश खड्कालाई हराउँदै स्वर्ण जिते। अमिर शाक्य र नितेश देउलाले कांस्य पदक प्राप्त गरे।
पुरुष ४१ केजीमुनि तौल समूहमा भारतका अयान अली काजीले नेपालका सुजन नेपालीलाई पराजित गर्दै स्वर्ण जिते। भारतका अमन कम्बोज र नेपालका शुभम अधिकारीले कांस्य पदक जिते।
महिला ३७ केजीमुनि तौल समूहमा भारतका सुरेश सोनवणे समिक्षाले नेपालकी जोभियना तमाङलाई हराउँदै स्वर्ण जितिन्। नेपालकी प्रतिभा खड्का र अमृता लामाले कांस्य पदक हात पारे।
क्याडेट महिला ४१ केजीमुनि तौल समूहमा भारतकी वैश्णवी यादवले स्वर्ण जितिन्। नेपालकी अन्वेषा घिमिरे र रितिका ठाकुरीले कांस्य पदक जिते।
क्याडेट पुरुष ४९ केजीमुनि तौल समूहमा नेपालका आयुष बलामीले भारतका रिशान फरहादलाई पराजित गर्दै स्वर्ण जिते। नेपालका रोज विक र सक्षम घलेले कांस्य पदक हात पारे।
क्याडेट महिला ३३ केजीमुनि तौल समूहमा नेपालकी सुप्रिया जोशीले प्रशंसा विकलाई हराउँदै स्वर्ण जितिन्। हृदयानी बस्नेत र मनालिसा धमलाले कांस्य पदक जिते।
यसैगरी ४४ केजीमुनि तौल समूहमा नेपालकी सिवानी खत्री पहिलो स्थानमा रहिन्। उनले फाइनलमा भारतकी सागमा लेबानालाई पराजित गरिन्। सायन सुनुवार र एन्जेन लामाले कांस्य पदक प्राप्त गरे।
प्रतियोगितामा नेपालसहित २३ राष्ट्रका करिब १ हजार दुई सय खेलाडी सहभागी छन्। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजक नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिएका छन्।

