काठमाडौँ- नेपालका दुई खेलाडीले आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियनसिपमा २ स्वर्ण र १ कांस्य पदक जितेका छन् ।

जर्मनीको फ्र्यांकफर्टमा आयोजित प्रतियोगितामा नीराजन मोक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेका थिए ।

नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङका अनुसार नीराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इंग्ल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । नीराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका थिए । यो स्पर्धामा उनले जर्मनी, युक्रेन, साइप्रस, इंग्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य जिते । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भए । अघिल्ला चरणमा इजिकेलले इंग्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई हराएका थिए । उनी भाइव बक्सिङ क्लबका प्रशिक्षकसमेत हुन् ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ) जर्मनीको आयोजनामा भएको प्रतियोगितामा ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको महासचिव गुरुङले जनाए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *