काठमाडौं। आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ४८ केजीमा रमिशाले नक्सालकी सुष्मा तामाङ तथा आरतीले जेन एक्सकी सुस्मिता श्रेष्ठलाई पराजित गरे।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बक्समान्डुकी पुर्णिमा तामाङले कर्णाली प्रदेशकी टीका थापालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिन्।

पुरुष ६७ केजीमा आर्मीका लालु आले मगरले कैलालीका श्रृजन विकलाई पाखा लगाउदै फाइनलमा पुगे। पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले केवाइबीसीका रशिब जारीलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile