काठमाडौँ- टेनिसकी महान् खेलाडी सेरेना विलियम्सले पुनरागमनका लागि आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि चर्चाले तातिएको टेनिस संसार फेरि शान्त भएको छ।
२३ पटककी ग्रान्ड स्ल्याम एकल च्याम्पियन सेरेनाले आफ्नो नाम अन्तर्राष्ट्रिय टेनिस इन्ग्रिटी एजेन्सी (ITIA) को ड्रग–टेस्टिङ पूलमा पुनः दर्ता गरेपछि उनी कोर्टमा फर्किँदैछिन् भन्ने अड्कलन चलेको थियो।
तर सो खबर सार्वजनिक भएको केही घण्टामै उनले सामाजिक सञ्जालमार्फत स्पष्ट गरिन्—
“I’m NOT coming back.”
उनको यो छोटो तर बलियो प्रतिक्रियाले सम्भावित पुनरागमनबारे फैलिएका चर्चामा पूर्णविराम लागेको छ।

