पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा पाकिस्तानका अरशद नदीमले स्वर्ण जितेका छन् ।

यो संगै उनले पाकिस्तानलाई ४ दशकपछि स्वर्ण पदक दिलाएका छन्। यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो ।

व्यक्तिगत विधातर्फ भने अरशद नदीमले जितेको यो पाकिस्तानकै इतिहासको व्यक्तिगत विधातर्फ पहिलो स्वर्ण पदक हो यो।

त्यस्तै नदीमले ओलम्पिक कीर्तिमान पनि बनाएका छन्। कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटरको थ्रो गरे ।

भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *