काठमाडौं- फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले पराजित ग¥यो । फेरिल्यान्डकी अलिथिया तामाङले ८ अंक बटुलिन् । इबीएले अद्वितीयलाई १२–६ ले हरायो ।

इबीएकी मेणुका मगरले ८ स्कोर गरिन् । सोही स्पर्धामा संस्कृति शिक्षा सदनले एक्टिभलाई १६–१४ ले पाखा लगायो । संस्कृतिकी सुहाना खड्काले ६ अंक जोडिन् ।

सिनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमीले ब्रेनल्यान्डलाई २९–१९, टीआईएले कन्स्टिलेसनलाई ३१–१९, हिमालयनले नव दीक्षीतलाई २६–२२, नेसनल युनाइटेडले बीएनएलाई ३२–२२,  शुभकामनाले भद्रकालीलाई ४०–३३ र संस्कृति शिक्षा सदनले सेवा सदनलाई २६–२२ ले पन्छाए ।

लालीगुराँसका रिडम उपाध्यायले १९, टीआईएका कृष ओलीले १२, हिमालयनका अरुण कार्कीले ११, नेसनल युनाइटेडका मनीष राउतले १२, शुभकामनाका सुशानले १५ र संस्कृति शिक्षा सदनका रमन गुरुङले १४ अंक जोडे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ३५–२२, इबीएले संस्कारलाई १७–८ र हिमरश्मिले तेजस्वीलाई २९–१५ ले पराजित गरे । गोल्डेनपिकका भुवन मण्डलले १०, इबीएका आदित्य श्रेष्ठले ४ र हिमरश्मिका सविन लामाले १५ स्कोर गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *