काजकिस्तान चेस संघ र नेपाल बुद्धिचाल महासंघबीच चेस प्रशिक्षणका लागि सम्झौता भएको छ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जनले काजकिस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जि बि संग दुई पक्षीय हस्ताक्षर गरि नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता गरेका छन्।

नेपाल बुद्धिचाल महासंघले चेस खेलको उन्नति र प्रगतिकालागि दुई पक्षीय सम्झौता गरे अनुसार पहिलो चरणको चेस प्रशिक्षण श्रावण १७ गते देखि आउने पुष १६ गते सम्म सञ्चालन हुने भएको छ।

नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण शुरु गरेको हो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile