काठमाडौँ- मछिन्द्र एफसीले राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

दशरथ रंगशालामा सकिएको खेलमा मछिन्द्र २-० गोलले विजयी बनेको हो।

मछिन्द्रको जितमा दुवै गोल विदेशी खेलाडी जोनाथन जोरिल्लाले गरे।

जितपछि मछिन्द्र ८ खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। लिग लिडर विभागिय टोलि एपिएफको आठ खेलमा २० अंक रहेको छ।

पराजित जावलाखेलको आठ खेलमा ९ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile