काठमाडौँ- लियोनेल मेस्सी आफ्नो करिअरको ९००औं गोलबाट एक गोल टाढा पुगेका छन्।
अमेरिकी मेजर सकर लिगमा डीसी युनाइटेडविरुद्ध इन्टर मियामीका लागि गोल गर्दै ३८ वर्षीय अर्जेन्टिनी स्टार मेस्सी यो कीर्तिमानको नजिक पुगेका हुन्। सन् २०२३ जुनमा मियामीमा आबद्ध भएयता उनले क्लबका लागि ८० गोल गरिसकेका छन्।
मेस्सीले बार्सिलोनाका लागि ६७२, पेरिस सेन्ट जर्मेनका लागि ३२ तथा तीन पटकको विश्व विजेता अर्जेन्टिनाका लागि ११५ गोल गरेका छन्।
उनले ११ मार्चमा न्यासभिलविरुद्ध हुने खेलमा ९००औं गोल गर्ने अवसर पाउनेछन्। उक्त उपलब्धि हासिल गरेमा उनी यसअघि ९०० गोल पूरा गरिसकेका क्रिस्टियानो रोनाल्डोसँगको सूचीमा समावेश हुनेछन्।

