काठमाडौँ- कप्तान लियोनेल मेस्सी र रोड्रिगो डी पाउलको गोलमा अमेरिकी मेजर सकर लिगमा इन्टर मियामीले डीसी युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ।
डीसी युनाइटेडको घरेलु मैदानमा भएको खेलमा मियामीले महत्वपूर्ण जित हात पारेको हो।
तीन खेल खेलेको मियामीले दुई जित र एक हारसहित ६ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ।

