काठमाडौँ- लामिन यामलले गरेको एकमात्र गोलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई १-० गोलमा पराजित गरेको हो।
राति भएको स्पेनिस ला लिगाको खेलमा एथ्लेटिकोको मैदानमा बार्साले तीन अंक बटुलेको हो।
जितसंगै लिग लिडर बार्साले २७ खेलमा ६७ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलमा ६३ अंक रहेको छ।

