काठमाडौं । दुई पटक स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ निर्वाचन मिति तोकिएको छ।
एन्फा निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै आउने चैत १३ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
प्रतिनिधि सभाको निर्वाचनका कारण निर्वाचन आयोगले रोक लगाएपछि यसअघि एन्फाको निर्वाचन स्थगित गरिएको थियो।
