काठमाडौँ- स्पेनिस ला लिगामा कप्तान फेडे भालभेर्डेको गोलमा रियल मड्रिडले तीन अंक सुरक्षित गरेको छ।
रियलले सेल्टा भिगोको मैदानमा २-१ गोलको जित निकालेको हो। जितमा चुवामेनि र भालभेर्डेले गोल गरे।
जितपछि दोस्रो स्थानमा रहेको रियलको २७ खेलमा ६३ अंक पुगेको छ। पाजित सेल्टा छैटौँ स्थानमा रहँदा समान खेलमा ४० अंक रहेको छ।
बार्सिलोना २६ खेलमा ६४ अंक सहित शिर्ष स्थानमा रहेको छ।

