काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गर्दै शीर्षस्थानमा फर्किएको छ।

बार्सिलोनाले लेभान्टेमाथि ३–० को सहज जित निकाल्दै उपाधि होडमा महत्वपूर्ण अग्रता कायम गरेको हो।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सुरुदेखि नै आक्रामक देखिएको थियो। पहिलो हाफमा मार्क बर्नलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि फ्रेन्की डे योङले मिडफिल्डबाट उत्कृष्ट समन्वय गर्दै दोस्रो गोल थपे। दोस्रो हाफमा फर्मिन लोपेजले अर्को गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ६१ अंक जोड्दै अंकतालिकाको शीर्षस्थान कब्जा गरेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलमा ६० अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile