काठमाडौँ- प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानमा रहेको आर्सनलले चिरप्रतिद्वन्द्वी टोटनहममाथि शानदार जित दर्ता गरेको छ।लन्डन डर्बीको रोमाञ्चक प्रतिस्पर्धामा आर्सनलले टोटनहमलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि होडमा आफ्नो पकड अझ बलियो बनाएको हो।
टोटेनहमको घरेलु मैदानमा आर्सनलका लागि इबेरेची इजे र भिक्टर ग्योकेरेसले समान दुई–दुई गोल गर्दै टोलीलाई सहज जिततर्फ डोर्याए।
यस जितसँगै आर्सनलले २८ खेलबाट ६१ अंक जोड्दै शीर्षस्थानमा पाँच अंकको स्पष्ट अग्रता कायम गरेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको एक खेल कमबाट ५६ अंक रहेको छ।

