काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गतको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि वडा नं ५ र वडा नं ९ भिड्दैछन्।

यसअघि सेमिफाइनल खेलमा वडा नं ५ ले साबिक विजेता वडा नं १ लाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। वडा नं ९ ले वडा नं ७ लाई ६–३ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो। वडा नं ५ समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको थियो भने वडा नं ९ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको थियो।

फाइनल खेल मध्यान्ह १२:१५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण KhelDrishya को फेसबुक र युट्युब च्यानलमार्फत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेका छन्।

प्रतियोगिताको विजेताले नगद रु. १,५१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ७५,५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

यसका साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पनि सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile