काठमाडौँ- शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ को सेमिफाइनल समिकरण पूरा भएको छ।
आइतबार भएको समूह ‘ए’ का खेलमा वडा नं १ र वडा नं ८ ले जित निकालेपछि सेमिफाइनल समीकरण पूरा भएको हो।
वडा नं ८ ले वडा नं २ लाई ७–० गोलले पराजित गर्यो भने वडा नं १ ले वडा नं ९ लाई ३–२ गोलअन्तरले हराएको हो।
समूह ‘ए’ बाट विजेताका रूपमा वडा नं ९ र उपविजेताका रूपमा वडा नं १, समूह ‘बी’ बाट विजेताका रूपमा वडा नं ५ र उपविजेताका रूपमा वडा नं ७ सेमिफाइनलमा प्रवेश गरेका छन्।
फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले रु. १,५१,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ७५,५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

